मनाङका बाढीपीडित तीन महिनादेखि घरबारविहीन, पुनर्वासको पर्खाइ

मंगलबार, असोज १९, २०७८

लमजुङ । असार १ को बाढीले विस्थापित मनाङका बाढीपीडित पुनर्वासको पर्खाइमा छन् । तीन महिनादेखि घरबारविहीन बनेका बाढीपिडित सुरक्षति ठाउँको पुनर्वासको पर्खाइमा बसेका हुन् ।नासों गाउँपालिका-१ तालगाउँका ६० घर विस्थापित भएपछि अहिले तालगाउँमा मर्स्याङदी बगेको छ । मर्स्याङदीको बाढीले तालगाउँ अहिले बगरमा परीणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । मर्स्याङदीमा आएको बाढीले घर बगाएपछि तालगाउँमा बाढीपीडित अहिले आमा समूहको भवन र आफन्तकहाँ शरण लिएर बस्दै आएका छन् । तालगाउँकी लक्ष्मी गुरुङ अहिले ताल गाउँमै आमा समूहको भवनमा बस्दै आएकी छन् । उनी भन्छीन्, 'सरकारले बस्ने घर बनाइदिए, भवन छाडेर जान्थ्याैँ ।  बाढीले लक्ष्मीको घरखेत बगरमा परीणत भएको छ । बाढीले बस्ने घर नै बगाएपछि समस्या भएकाे  बाढीपीडित गंगामाया गुरुङले बताइन् ।बाढीपीडितको पुनर्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।  

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असोज १९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असोज १९, २०७८