स्वघोषणा गरेर कात्तिकभित्र फाइबर-पोलको भाडा बुझाउन प्राधिकरणको निर्देशन

मंगलबार, असोज १९, २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र अप्टिकल फाइबर र पोलको भाडा बुझाउन इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकलाई निर्देशन दिएको छ ।  

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकले स्वघोषणा गरी कात्तिकभित्र भाडा बुझाइसक्नुपर्ने छ ।

कात्तिकभित्र सम्झौता नवीकरण नगरेमा प्राधिकरण स्वंयमले भाडा निर्धारण गरेर असुल गर्ने चेतावनी सार्वजनिक सूचना जारी गरेर दिएको छ । 

प्राधिकरणले यसअघि पनि १५ दिनको समयसीमा दिएको थियो । तर, भाडा नतिरेपछि सांकेतिक स्वरुप गत शनिबार विभिन्न क्षेत्रमा इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिदिएको थियो । यसबारे दीर्घकालीन समस्या समाधानका लागि सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार