आज कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

मंगलबार, असोज १९, २०७८

काठमाडौं । आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बदली छ। गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार