सोसल मिडिया
Contact Us
युनिकोड
जाकार्ता । कोरोनाभाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि सुरु हुन लागेको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरूलाई भ्रमणका लागि आउन अनुमति दिन लागिएको हो । अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरूलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरूको भनाइ छ । दक्षिण कोरिया, चीन, जापान, न्युजिल्यान्डसँगै यूएई, दुबईलगायत देशका पर्यटकहरूलाई स्वागत गर्न लागिएको अधिकारीहरूले जनाएका छन् । भ्रमणका लागि आउनेहरूलाई अनुमति दिनु पूर्व इन्डोनेसियाको होटलमा कम्तीमा आठ दिन “बुकिङ गरेको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ । त्यो अवधिमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको हो । त्यसैगरी पर्यटकहरूले स्वास्थ्य परीक्षण गरी निरोगी भएको वा कोरोनाभाइरसबाट सङ्क्रमित नभएको प्रमाण पनि पेस गर्नुपर्ने सर्त राखिएको छ । सरकारले स्वदेशी तथा विदेशी सबैलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र अन्य स्वास्थ्य सतर्कताहरू अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।– सिन्ह्वा