इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ

सोमबार, असोज १८, २०७८

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो । 

एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि करोडौँ रुपैयाँ ठगीको आरोप लागेको छ । 

उनीहरूविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको बताइएको छ ।

७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार