वैदेशिक रोजगारीको कहर : कसैका शव, कसैका अस्तु आए

सोमबार, असोज १८, २०७८

 खोटाङ ।  वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७-०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना [सामी]का कार्यक्रम संयोजक सन्तोष राईले बताए । 

साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका( ६ मंगलटारका मिलन दर्जी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका( ५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेका धनशेर राईको ज्यान गएको हो ।

यस्तै, मलेसिया पुगेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका( १४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका-६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका( ७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका-३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको राईले बताए ।

दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो । २०७६ सालमा साउदीअरेबिया पुगेका बर्देवाको एक्कासि पेट दुखेर अस्पताल लैजाने क्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ । 

अनिलको भने कोभिडऔ १९ को संक्रमणका कारण मृत्यु भएको हो । प्रवासी नेपाली समन्वय समिति, दूतावासलगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताए । चालू आर्थिक वर्षमा केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको सामीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार