कम्युनिस्टहरूले देश चलाउन सकेनन् : रमेश लेखक

सोमबार, असोज १८, २०७८

कंचनपुर ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कम्युनिस्टहरूले देश चलाउन नसकेको बताएका छन् ।
कांग्रेस दोधारा-चाँदनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखकले एमालेले जनमतको उपेक्षा गरेर देश र जनतालाई धोका दिएको आरोप लगाए । स्थिरता र विकासका लागि कांग्रेसको आवश्यकता भएको र लोकतान्त्रिक व्यवस्था जोगाउन कांग्रेसले सरकारको नेतृत्व गरेको लेखकको भनाइ थियो ।

यसैबीच उक्त कार्यक्रममा ३०० जना कांग्रेसमा प्रवेश गरे । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)  र राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकाहरूलाई नेता लेखकले कांग्रेसको साधारण सदस्यता प्रदान गरेर स्वागत गरे । नेता लेखकले नवप्रवेशीलाई कुनै काखापाखा नगरी सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता पनि जनाए ।
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार