११ लाख भारतीय रुपैयाँसहित व्यवसायी पक्राउ

सोमबार, असोज १८, २०७८

इलाम ।  ११ लाख रुपैयाँ बराबर भारतीय नोटसहित इलामको सूर्योदय नगरपालिकाका-१० का एक व्यवसायी पक्राउ परेका छन् । सूर्योदय नगरपालिका-१० का अनुप अग्रवाललाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले उक्त रकमसहित पक्राउ गरेको हो ।

मे१च ६४२४ कार जाँच गर्ने क्रममा अग्रवालको साथबाट उक्त मूल्य बराबरको भारतीय नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ । भारतीय नोटसहित पक्राउ परेका अग्रवाललाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

अग्रवालले फिक्कल बजारमा व्यवसाय संचालन गर्दै आएका छन् । इलाम जिल्लामै भारतीय नोटको सटही काउन्टर छैन । सटही काउन्टरको अभावमा व्यक्तिहरूले नै नोट सटही गर्ने गरेका छन् । अग्रवालले समेत सटही काउन्टरबिनै भारतीय नोट साट्ने गरेका बुझिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार