एमसीसी र बीआरआई चर्चाबीच अमेरिका र चीनका राजदूतले भेटे परराष्ट्रमन्त्री

सोमबार, असोज १८, २०७८

काठमाडौं ।  अमेरिका र चीनका राजदूतले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग एकै दिन भेट गरेका छन् । सोमबार दिउँसो अमेरिकी राजदूत र्‍याण्डी बेरी र अपराह्न चिनियाँ राजदूत होउ यान्छीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन् ।
राजदूत बेरीसँगको भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहभागिताका अन्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले नेपालको विकासमा पहल र कोभिड-१९ विरुद्धको लडाइँमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकार र नागरिकलाई धन्यवाद दिएका थिए ।

त्यसैगरी अपराह्न चिनियाँ राजदूत यान्छीसँग भएको शिष्टाचार भेटमा खोप सहयोगलगायत नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अमेरिका र चीनबीच एमसीसी र बीआरआई परियोजनालाई लिएर प्रतिस्पर्धा चलिरहेका बेला दुई देशका राजदूतले पालैपालो परराष्ट्रमन्त्री खड्कालाई भेटेका हुन् ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असोज १८, २०७८