Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

आफैंले बुझेर, जानेर भन्दा पनि बुबाले निर्णय गरिदिएर डाक्टर भएका प्रविण मिश्र

सोमबार, असोज १८, २०७८

आज हामी शब्दपाटी टिभिको ‘मेरो करियर’ श्रृंखलामा नेपाल सरकारका पूर्वस्वास्थ्य सचिव प्रा.डा. प्रविण मिश्रसँग कुराकानी गर्दैछौ । आफैंले बुझेर, जानेर भन्दा पनि बुबाले निर्णय गरिदिएर उनी डाक्टर भएका हुन्। प्रविणका बुबाले आफ्ना  पाँच भाइ छोरालाई  पालैपालो  ‘डाक्टर, इन्जिनियर, डाक्टर, इन्जिनियर र डाक्टर’ भनिदिए । पाँचै छोरा डाक्टर, इन्जिनियर नै बने ।
कक्षामा सधैं दोस्रो हुने प्रविण आफ्नो करियरमा सधैं पहिला भए । स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्दा उनले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण निर्णय गरे । डाक्टरी पेशमा पनि उनी अब्बल रहे । बुबाले आफ्नो करियर छनोटमा गरेको त्यो निर्णयप्रति प्रविण कृतज्ञ छन् । बाको त्यो निर्णयलाई सफल बनाउन उनी सधैं मिहेनती भए । हिड्दैं गर्दा बाटोमा आउने नराम्रा कुरालाई पन्छाउँदै अघि बढे । सधैं सकारात्मक बने । मिहेनत र सकारात्मक कुरालाई सारथी बनाएका प्रविण त्यस्ता व्यक्ति हुन् जो नयाँ पुस्ताका लागि समेत प्रेरणा बन्न सक्छन् ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार