लगानीमैत्री र व्यावसायिक वातावरण भएको उत्कृष्ट नगरको अवार्ड बुटवल उपमहानगरलाई

सोमबार, असोज १८, २०७८

बुटवल । लगानी र व्यावसायिक वातावरण निर्माण भएको नगरका रूपमा बुटवल उपमहानगर मुलुककै पहिलो भएको छ । व्यावसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवल उत्कृष्ट भएको हो । जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरूमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रूपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताइन् । स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यमशीलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको जीआईजेडले जनाएको छ । सोही मूल्यांकनका आधारमा बुटवल मुलुककै पहिलो लगानीमैत्री र व्यावसायिक वातावरणमा भएको नगर भएको हो । जीआईजेडले बुटवललाई लगानीमैत्री र व्यावसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रूपमा अवार्ड प्रदान गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई जीआईजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलसहित आएको जीआईजेडको टोलीले प्रमाणपत्र र अवार्ड प्रदान गरेको थियो । 

स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणकाबारेमा विज्ञहरूले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यावसायिक वातावरण सर्वेक्षण (बिजनेश क्लाइमेट सर्वे) २०२० २०२१ को नतिजा प्रकाशन गरी अवार्ड प्रदान गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असोज १८, २०७८