पक्राउ परेका नासु उमेशकुमार चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सोमबार, असोज १८, २०७८

काठमाडाैँ । नागरिकताको प्रतिलिपि बनाउनको लागि घुस लिएको आरोप लागेका नायव सुब्बा उमेशकुमार चौधरीमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन आठ हजार ५०० रुपैया घुस लिएको आरोप छ । प्रतिलिपि बनाउनको लागि विभिन्न बहाना बनाएर घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले चौधरीलाई नियन्त्रणमा लिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  अनुसन्धानको क्रममा चौधरीले जन्म मिति सच्याइ नागरिकताको प्रतिलिपि बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उक्त रकम बराबरको घुस माग गरी लिएको अख्तियारको दाबी छ । चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो आठ हजार पाँच सय रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायका लागि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार