सोसल मिडिया
Contact Us
युनिकोड
भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ । मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए । किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर खेरीमा अवराेध गरेपछि आशिष मिश्रले चलाएको गाडीले किसानलाई किचेको थियो । आशिषले योजनाबद्ध ढंगले प्रदर्शनमा उत्रिएका किसानलाई किचेर मारेको किसानले आराेप लगाएका छन् । सो घटनामा चारजना किसानसहित आठजना मारिएका थिए ।