जिल्ला प्रशासन बझाङमा विप्लव कार्यकर्ताको धर्ना

सोमबार, असोज १८, २०७८

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धर्ना दिएको छ। नेकपाका नेता तथा कार्यकर्ताले सोमबार कार्यालय अगाडि धर्ना दिएका हुन् । यसअघि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको र तत्काल सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले धर्ना बसेको नेकपाका नेता जोक कठायतले बताए । तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । तर, सहमतिको सात महिना बित्न लाग्दा पनि कार्यान्वयनमा प्रगति हुन नसकेको नेता तथा कार्यकर्ताको गुनासो छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार