चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य

सोमबार, असोज १८, २०७८

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा प्रतियोगितामाअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनाएको हो । चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको बनाए । यस्तै, मोहम्मद सहजादले ३२ र सिकुगे प्रसन्नाले २४ रन बनाए । भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यस्तै, कुशल मल्ल दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान एक–एक  विकेट लिए । चितवन क्वालिफायर भइसकेको छ । चितवन चार खेलमा आठ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार