‘सरदार उधम’ को ट्रेलरले बिक्की कौशलको तारिफ

सोमबार, असोज १८, २०७८

काठमाडौं । बलिउड अभिनेता बिक्की कौशल अहिले चर्चामा छन् । अब्बल अभिनयका कारण पछिल्लो समय दर्शकको रोजाइमा पर्दै गइरहेका बिक्कीलाई अहिले चर्चामा ल्याएको हो, उनको नयाँ फिल्म ‘सरदार उधम’ को ट्रेलरले ।  भारतका क्रान्तिकारी सरदार उधम सिंहको जीवनीलाई पर्दामा उतारिएको फिल्मको केही दिनअघि ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलर अहिले निकै हिट भइरहेको छ । ट्रेलरबाट अभिनेता कौशलले निकै तारिफ पाएका छन् । सुजीत सरकारले निर्देशन गरेको फिल्म १६ अक्टोबरमा प्रदर्शन हँुदैछ । कौशल अहिले यही फिल्मको प्रमोशनमा व्यस्त छन् । फिल्ममा बिक्कीका साथमा बनिता सन्धु, अमोल परासर, कृष्टि एर्भटोनलगायतका कलाकारले अभिनय गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार