भागबन्डामा न्यायालय : प्रधानन्यायाधीशलाई सर्वोच्च बारका पदाधिकारीले भेटे 

सोमबार, असोज १८, २०७८

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेको छ  ।सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट गरेको हो । भेटमा मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने/नरहने विवाद संवैधानिक इजलासबाट टुंगो लगाउने सहमति कार्यान्वयन नभएकोलगायत समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए । भेटवार्ता अहिले पनि चलिरहेको छ । प्रधानन्यायाधीशले पनि सरकारमा आफ्नो तर्फबाट मन्त्री मागेको समाचार बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार