बाढीपहिरोले अवरुद्ध मनाङ सडक तीन महिनापछि सञ्चालनमा

सोमबार, असोज १८, २०७८

लमजुङ । बाढीपहिरोले अवरुद्ध सडक तीन महिनापछि सञ्चालनमा आएको छ । चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत पश्चात् आइतबारदेखि सञ्चालनमा आएको हो । भ्राताङ भीरको सडक मर्मत भएपछि मनाङको भ्राताङदेखि खाङसारसम्मको सडक सञ्चालन आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । बेंशीसहर-चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भइरहेकाले केही समयमा खुल्ने प्रजिअ लामिछानेले बताए । उनका अनुसार बाढीपहिरोले अवरुद्ध बेंशीसहर–चामे सडकखण्ड मंगलबारसम्म सञ्चालनमा आउनेछ । असारमा परेको अविरल वर्षाका कारण भ्राताङ भिरमा बाटो अवरुद्ध हुँदा मनाङबासी तीन महिनादेखि सडकसम्पर्कबाट विच्छेद भएको  थियाे । सडक मर्मत गर्न ९२ लाख बढी खर्च भएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडक सम्पर्क विच्छेद हुन पुगेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असोज १८, २०७८