भैरहवामा बजार अनुगमन तीब्र

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई ठाउँकाेठाउँ कारबाही
सोमबार, असोज १८, २०७८

बुटवल । दसैं नजिकिएसँगै भैरहवा क्षेत्रमा बजार अनुगमन तीव्र पारिएको छ । कालोबजारी र महँगी सिर्जना गरी उपभोक्ता ठग्ने कार्य बढेको गुनासो बढेपछि व्यावसायिक प्रतिष्ठान तथा खाद्य सामग्री बिक्री केन्द्र, पसलको अनुगमन थालिएकाे हाे ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईको संयोजकत्वकाे टोलीले बजारका खाद्य, किराना, फलफूल, मदिरा पसलको अनुगमन गरेको हाे । व्यवसाय दर्ता भए/नभएको, पसलबाट बिक्री गरिएका खाद्य वस्तुको गुणस्तर कायम भए/नभएको, उपभोग्य मिति भए/नभएको र  बिक्री मूल्यकाे अवस्थाबारे अनुगमन भइरहेकाे भट्टराईले बताए । ओमसतिया गाउँपालिका-१ ठुटिपिपलस्थित चौधरी फलफूल तथा नास्ता पसललाई १० हजार जरिवाना गराइएकाे छ । एक वर्ष अघि नै म्याद सकिएका पेय पदार्थ, खाद्य वस्तु भेटिएको र व्यवसाय नवीकरण नभएको पाइएपछि कारबाही गरिएका हाे । बजारमा कालोबजारी हुन नदिन र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न अनुगमन भइरहेकाे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई बताए ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असोज १८, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असोज १८, २०७८