गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु

आइतबार, असोज १७, २०७८

काबुल । अफगानिस्तानको पूर्वीप्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीले आइतबार जनाएका छन् ।  जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसँग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ । बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक्षास्रोतले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 
गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका जनाइएको छ । एक स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति (एजेएससि)ले हत्याको निन्दा गरेको छ । 
गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । स्रोतका अनुसार तालिबान अधिकारीले यस घटनाको अनुसन्धान गरिरहेका छन् ।
अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतङ्कवादीले हमला गर्दै आएका छन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार