र्‍याफ्टिङ गर्ने क्रममा एक जनाको मृत्यु

आइतबार, असोज १७, २०७८

सिन्धुपाल्चोक ।  सुनकोसी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका( ९ डुम्रेस्थित सुनकोसी नदीमा खसेर दोलखा मेलुङ गाउँपालिका( ४ घर भएका २२ वर्षीय सजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  हाल काठमाडौं ठूलो भर्‍याङस्थित स्वयम्भू खाद्यान्न डिपोमा काम गर्ने खड्काको खोजी गर्ने क्रममा शव फेला पारिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

स्प्लस नेपाल एड्भेन्चर काठमाडौंबाट नदीमा र्‍याफ्टिङ गर्न  १० जना गएका थिए । १० जनामध्ये र्‍याफ्टिङ गर्ने क्रममा एक जना बेपत्ता भएका थिए । वेपत्ताको प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा दिउँसो ३ बजे शव फेला परेको हो ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८