अख्तियारको शैली अनैतिक-असंवैधानिक : अर्थमन्त्री साह

आइतबार, असोज १७, २०७८

सप्तरी : 

प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले अख्तियार द्रूपयोग अनुसन्धान आयोग प्रस्तुत भएको बताएका छन् ।

सप्तरीको वीरेन्द्र बजारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री साहले अख्तियारले आफ्नो कार्यक्षेत्र बिर्सेर सरकारको कार्यकारी प्रमुख कार्यालय पस्नु अनैतिक, असंवैधानिक पूर्वग्राही र द्वेषपूर्ण रहेको बताए । मन्त्री साहले भने, ´अख्तियारसँग संवैधानिक अधिकार छ तर त्यसको प्रयोग गर्ने शैली र अभ्यास आज गलत भएको छ ।'

'प्रमाण नस्ट हुने अवस्थामा अख्तियारले कुनै दस्तावेज नियन्त्रणमा लिने हो', मन्त्री साहले भने, 'अख्तियारको यस्तो व्यवहारले तीन तहमा रहेको संघीय स्वरूप र इकाइहरूका रूपमा संवैधानिक संस्थामध्येका एक सरकारप्रतिको अविश्वासको संघीयताविरोधी मानसिकतालाई प्रतिबिम्बित गर्छ ।'

मन्त्री साहले संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै सम्पूर्ण पहिचान र संघीयता पक्षधरलाई सजग हुन आग्रहसमेत गरे । उनले भने, 'अख्तियारको कदमले राज्यलाई फेरि एकात्मक र केन्द्रिकृत बनाउने प्रतिगमनकारी केपी शर्मा ओलीको अभिव्यक्ति र व्यवहारको निरन्तरता देखियो ।'

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८