काबुलमा मस्जिद बाहिर बम विस्फोट

आइतबार, असोज १७, २०७८

 

काबुल : 

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलस्थित इदगाह मस्जिद अगाडि भएको विस्फोटमा परी सयौँ नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

हजारौँ जना घाइते हुने गरी भएको घटनाको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन । यद्यपि, इस्लामिक स्टेटले उक्त विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । घाइतेहरूलाई काबुलका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्विटरमार्फत मस्जिदको गेटबाहिर विस्फोट भएको पुष्टि गरेका छन् । प्रत्यक्षदर्शीले विस्फोटपछि गोली चलेको उल्लेख गरेका छन् ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार