व्यासमा हेलिकोप्टरमार्फत चामल ढुवानी 

आइतबार, असोज १७, २०७८

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । सडक संजालले नजोडेको व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएपछि गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले गत २ भदौमा गृहमन्त्रीलाई भेटेर खाद्यान्न ढुवानीको माग गरेका थिए ।  भारतीय बजारबाट तुइनमार्फत खाद्यान्न आपूर्ति हुने व्यासका गाउँमा यस पटक जयसिंह धामी प्रकरणपछि भारतीय एसएसबीले महाकाली नदीमाथिका तुइनहरू हटाएको छ । तुइन हटाएपछि व्यासका नागरिकले खाद्यान्नको अभाव झेलिरहेका छन् । 

गृह मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई खाद्य ढुवानीका लागि जिम्मा दिएको थियो । व्यापार कम्पनीले एक्सेस सिपिङ एण्ड एयर लजिष्टिक प्रा।लि। काठमाडौंसँग ढुवानी सम्झौता गरी खाद्यान्न ढुवानी भइरहेको कम्पनीकी प्रादेशिक कार्यालय धनगढीकी अधिकृत कल्पना विष्टले जानकारी दिइन् ।

हेलिकोप्टरमार्फत वडा नम्बर( १ को छाङरुमा १२५ क्विन्टल र तिंकरमा ७५ क्विन्टल, वडा नम्बर( २ को दुम्लिङमा ४० क्विन्टल, मालमा ४० क्विन्टल, राप्लामा २० क्विन्टल, वडा नम्बर( ३ सिनामा १०० क्विन्टल र वडा नम्बर( ४ सुन्सेरामा २०० क्विन्टल चामल ढुवानी गरिने उनले बताइन् ।

धनगढीबाट दार्चुला सदरमुकाम खलंगासम्म ट्रकमा र दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत ढुवानीका लागि सम्झौता भएको छ । तर, सम्झौताअनुसार दार्चुला सदरमुकामबाट नभई करिब १५ किलोमिटर अगाडि दुहु गाउँपालिकाको सिलिङचौरासम्म ट्याक्टरमा ढुवानी गरी त्यहाँबाट हेलिकोप्टरमार्फत चामल ढुवानी भइरहेको छ । 

हेलिकोप्टर उडान सहजका लागि अघिल्लो क्षेत्रसम्म ट्याक्टरमा लगेर ढुवानी भइरहेको बुझिएको व्यास गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । ढुवानी गरिएको चामल दशैँअघि नै व्यासका जनतालाई बाँडिने अध्यक्ष बुढाथोकीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८