यात्रुलाई मास्क बाँड्दै प्रहरी दिवस मनाइयो

आइतबार, असोज १७, २०७८

कपिलवस्तु ।  प्रहरी दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ अर्घाखाँची चोकमा मास्क वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सार्वजनिक बसमा यात्रा गर्ने तथा पैदल यात्रुलाई मास्क वितरण गरिएको थियो । आइतबार १० बजेदेखि सञ्चालन गरेको कार्यक्रममा ३ सय यात्रुलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

दसैँको चहलपहलसँगै यात्रुहरूले मास्कबिना यात्रा गरेको हुँदा कोरोना सङ्क्रमण निरुत्साहित गर्नका लागि मास्क वितरण गरिएको बताइएको छ । सर्वसाधारणलाई जनचेतना सम्बन्धी पम्पलेटसमेत वितरण गरिएको थियो । ६६औँ प्रहरी दिवसको अवसरमा जिल्लामा प्रहरीले कोभिड नियन्त्रण र सचेतनाका कार्यक्रम गरी मनाउँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८