जग्गा दलाल पोस्न काँक्रेविहारको वन मास्न लागेको आरोप 

आइतबार, असोज १७, २०७८

सुर्खेत ।  जग्गा व्यवसायीका लागि अनुकुल हुने गरी डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार संरक्षित वन क्षेत्रलाई मास्न थालेको आरोप छ । काँक्रेविहार संरक्षित वन क्षेत्रको जग्गा छोडेर कम्पाउण्ड वाल निर्माण गर्न थालेपछि स्थानीयले जग्गा मास्न लागेको आरोप लगाएका हुन् । 

सुर्खेतको काँक्रेविहार संरक्षित वन क्षेत्र नेपालको पहिलो संरक्षित वन हो । ३० वैशाख २०५९ मा सरकारले संरक्षित वन क्षेत्र घोषणा गरेको थियो । एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ । 

डिभिजन वन कार्यालयल सुर्खेतले काँक्रेविहार वन क्षेत्रको सीमा र निजी  व्यक्तिको नाममा दर्ता भएका जग्गाको सीमा छुट्याउने गरि पर्खाल निर्माण गर्न थालेको छ । 

काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षा मात्र नभइ पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइनमा पर्खाल निर्माण गर्न लागिएको हो । तर, डिभिजन वन कार्यालयका प्रमुख र अन्य कर्मचारीले जग्गा व्यवसायीलाई अनुकुल हुनेगरि काँक्रेविहार क्षेत्रको जग्गा छोडेर कम्पाउण्ड वाल लगाउन लागेको छ । 

महादेव खिम्ती हिराचन ९केएसके० जोइन्ट भेन्चर कम्पनीले उक्त पर्खाल ११ करोड ८५ लाख ४२ हजार पाँच सय ६२ रुपैयाँमा निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । 

सीमा क्षेत्रमा निर्माणाधीन पर्खालभन्दा बाहिर ५–७ मिटर वनको जग्गा छोडेर भित्र पर्खाल निर्माण गरेको निर्माण कम्पनीका फिल्ड प्राविधिक महेन्द्रप्रसाद शर्माले बताए । ‘डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख गोविन्दप्रसाद दाहाल र वडाअध्यक्षको निर्देशनमा काँक्रेविहार वन क्षेत्रको जग्गा छोडेर पर्खाल लगाइएको हो,’ उनले भने, ‘पर्खालभन्दा बाहिर जग्गा छोड्ने निर्देशनअनुसार हामीले काम गरिरहेका छौं ।’ उनले दिएको जानकारीअनुसार काँक्रेविहार क्षेत्रको पर्खालभन्दा बाहिर करिब ६ हेक्टर वनको क्षेत्रफल मासिने भएको छ  ।

यसअघिसम्म कम्पाउन्ड वाल निर्माण नहुँदा काँक्रेविहार क्षेत्रभित्रको रिङ्गरोड ९जंगल वरिपरिको बाटो० लाई देखाएर जग्गा व्यवसायीले प्लटिङ्ग जग्गा किनबेच गराएका थिए । पर्खाल निर्माणपश्चात उक्त रिङ्गरोड बन्द हुने भएपछि जग्गा व्यवसायी र डिभिजन वन कार्यालय प्रमुखको मिलेमतोमा जग्गा व्यवसायीको फाइदा हुनेगरि संरक्षित वन क्षेत्रको जग्गा सडकको लागि बाहिर छोडेर पर्खाल लगाउन लागिएको भन्दै स्थानीयले आलोचना गरेका छन् । 

पर्खालको सुरक्षाका लागि सीमाभित्रको जग्गा छोडेर पर्खाल लगाएको डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख दाहालले जानकारी दिए । ‘पर्खाल लगाउँदा सेडब्याकका लागि जग्गा छोडेको हो’ उनले भने, ‘यसका लागि लिखित छैन । प्राविधिक कुरा हो ।’ यद्यपि, पर्खालका लागि सेडब्याक छोड्ने प्रचलन नभएको जिल्ला प्राविधिक कार्यालय सुर्खेतले जनाएको छ । 

संरक्षित सीमाक्षेत्रको पर्खाल निर्माण गर्दा बुलबुले उद्यान क्षेत्रमा लगाएको पर्खाललाई उदाहरणको रुपमा लिन सकिने प्राविधिक जानकारहरू बताउँछन् । 
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले काँक्रेविहार क्षेत्रको सो पर्खाल निर्माणका सम्बन्धमा जानकारी नभएको र डिभिजन वन कार्यालयसँग बुझ्ने बताए । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८