सन्चो नभएपछि बसेर जवाफ दिँदै ओली

आइतबार, असोज १७, २०७८

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका जवाफ दिइरहेका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्न र जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् ।  सन्चो नभएपछि बसेर अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् । यसअघि गत शुक्रबार राजनीतिक प्रतिवेदन पेस गर्दा सन्चो नभएको भन्दै बीचमै छाडेर शंकर पोखरेललाई प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरेका थिए । शुक्रबार उठेर प्रतिवेदन पेस गरेका उनले आइतबार बसेर जवाफ दिइरहेका हुन् । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार