एमालेको विधान संशोधन प्रस्ताव पारित

आइतबार, असोज १७, २०७८

काठमाडौं । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो । विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेलले शुक्रवार संशोधन प्रस्ताव पेस गरेका थिए । १० समूहमा समूहगत छलफल भई आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो । आइतबार उक्त प्रस्ताव पारित भएको हो । पारित भएको विधानमा चुनाव चिन्ह सूर्यभित्र हँसिया हथाैडा राखिएको छ । त्यस्तै महानगरमा १०१, उपमहागरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार