सोसल मिडिया
Contact Us
युनिकोड
मुगुको एक मात्र निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा परेको छ । छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँका करिब १ सय ३५ घर पहिरोको उच्च जोखिममा परेका हुन् । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको पिना गाउँको साहनी बाडासहित पहिरोको उच्च जोखिममा परेका हुन् । राजमार्गमा गुणस्तरीय बाटोको स्तरोउन्नति नहुनु, सडक छेउमा ढल निकास नहुनु, मनपरी ढंगबाट सडक खन्नाले पिना गाउँ पहिरोको जोखिममा परेको हो । अविरल वर्षा र सवारी साधनको आवागमनको उच्च चापले गाउँनै पहिरोको जोखिममा परेका हुन् । घर पहिरोको जोखिममा परेपछि स्थानीय पाल टाँगेर बस्न बाध्य भएका छन् ।पहिरोको उच्च जोखिममा रहेको पिना गाउँको अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने वचन दिएका स्थानीय बलराम साहनीले बताए ।