बागमती प्रदेश प्रमुख शर्मा डिस्चार्ज

आइतबार, असोज १७, २०७८

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा डिस्चार्ज भएका छन् । मुटुसम्बन्धी समस्याबाट ग्रसित भएपछि गत ४ असोजमा अस्पताल भर्ना भएका शर्मा गत १४ असाेजमा डिस्चार्ज भएका हुन् । शर्मा सात वर्षदेखि मुटुसम्बन्धी समस्याबाट पीडित छन् । प्रदेश प्रमुख शर्माको स्वकीय उपसचिव पारसमणि फुयाँलका अनुुसार शर्माको शहीद गंगालाल हृदयरोग केन्द्र,उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो । शर्मा उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । ‘उपचारपछि पूर्ण रूपमा घरमै स्वास्थ्य लाभ गरिरहेको छु,’ शर्माले न्युज कारखानासँग‍ भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’शर्मा आगामी मंगलबार नियमित फलोअपपछि नियमित कार्यमा फर्कने स्वकीय उपसचिव फुयाँलले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार