ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

आइतबार, असोज १७, २०७८

तेह्रथुम । लालिगुराँस नगरपालिका-४ मा टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ५ बजे भएको दुर्घटनामा टयाक्टर चालक २२ बर्षका पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । ट्याक्टरमा सवार खेम सार्की उपचारको क्रममा लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरीचौकी बसन्तपुरका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताए । चित्रेबजारबाट फुले जाँदै गरेको को२त ८४३६ नम्बरको टयाक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी म्याङलुङ-७ का दावा सेर्पा र लालिगुराँस-४ का पवन राई घाइते भएका छन् । घाइतेलाई बिपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८