माइत जान हिँडेकी रामकली खत्री मृत अवस्थामा फेला 

आइतबार, असोज १७, २०७८

सुर्खेत । सल्यानमा माइत जान हिँडेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सल्यान बागचौर नगरपालिका-२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेकी हुन् । शनिबार करिब साढे ४ बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए । घटना शंकास्पद हुन सक्ने भन्दै अनुसान्धानका लागी कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८