अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी

आइतबार, असोज १७, २०७८

अछाम । अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी छ । गाउँपालिकाले तलब नदिएकाे भन्दै बालविकास केन्द्रका शिक्षकले ११ असोजमा तालाबन्दी गरेका हुन्  । ७ हजारका दरले तलब नमानेपछि पालिकाको कार्यालयमा तालाबन्दी गरिएकाे बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिइन् । बालविकास केन्द्रका शिक्षकले मासिक पाउने तलबमध्ये ७ हजार रुपैयाँ पालिकाले बेहाेर्नुपर्ने हुन्छ । संघ सरकारले बाल विकास केन्द्रका शिक्षकको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ हजार पुर्‍याएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा लगाइएको ताला पनि अहिलेसम्म खुलेकाे छैन । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार