उपराष्ट्रपतिमा उम्मेदवारी दिन्न, बरू राजनीतिबाट सन्यास लिन्छुः फिलिपिन्सका राष्ट्रपति दुतर्ते

आइतबार, असोज १७, २०७८

मनिला :

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतर्तेले आगामी वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा प्रतिष्प्रर्धा नगर्ने बताएका छन् । उपराष्ट्रपतिमा उम्मेदवारी दिन भन्दा राजनीतिबाटै सन्यास लिन उपर्युक्त हुने उनले बताए । गत महिना राष्ट्रपति दुतर्तेले आगामी सन् २०२२ मा हुने निर्वाचनमा उपराष्ट्रपतिमा प्रतिष्प्रर्धा गर्न सक्ने संकेत गरेका थिए । 

आमफिलिपिनी भावना कदर गर्दै उपराष्ट्रपतिमा नउठ्ने उनले बताएका छन् । उनी फेरि राष्ट्रपतिका लागि उम्मेदवार हुन देशको संविधान बाधक छ । आफू उपराष्ट्रपतिका लागि ‘अयोग्य’ भएको उनले बताएका छन् । 

 फिलिपिन्सको संविधानअनुसार  राष्ट्रपतिको कार्यकाल ६ वर्ष हुन्छ र अर्को पटक पुनः प्रतिष्प्रर्धा गर्न पाइँदैन ।   

दुतेर्तेले छोरीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने आशंका पनि बढेको छ । उनकी छोरी सारा दुतेर्ते दक्षिणी सहर कारपियोको मेयर हुन् । उनले राष्ट्रपति चुनावमा उम्मेदवारी दिने संकेत गरिसकेकी छिन् । 

अपराध नियन्त्रण गर्ने र दुव्र्यसनी उन्मूलन गर्ने वाचासहित दुतर्ते सन् २०१६ मा राष्ट्रपति भएका थिए । दुव्र्यसनीबिरुद्ध युद्ध नै घोषणा गरेका दुतेर्तेले हजारौं शंकास्पदको गैरन्यायिक हत्यामा प्रहरीलाई  दुरूत्साहन गरेको आरोप लाग्दै आएको छ ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार