प्राकृतिक विपद्‍मा परी साढे पाँच महिनामा २४४ को मृत्यु, एक अर्बको क्षति

आइतबार, असोज १७, २०७८

काठमाडौं ;  बाढीपहिरोजस्ता प्राकृतिक विपद्‍मा परी पछिल्लो साढे पाँच महिनामा २४४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार १ वैशाखदेखि १६ असोजसम्म बाढीपहिरो, अविरल वर्षा, चट्याङ, सर्पदंश, आगलागी, डढेलो, हावाहुरी र वन्यजन्तु आक्रमणका १ हजार ८७७ घटना भएका छन् ।

ती घटनामा २४४ को मृत्यु हुँदा ४१ जना बेपत्ता भएका छन् । ५१९ जना घाइते भएको र २ हजार ४२० परिवार प्रभावित भएको प्राधिकरणको तथ्यांक छ ।

सबैभन्दा बढी पहिराेका २६५ घटना भएका छन्, जसमा ८० जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता भएका छन् ।

बाढीका १२२ घटना हुुँदा ४० जनाको ज्यान गएको छ, ३२ जना बेपत्ता भएक छन् । यो अवधिमा १७१ स्थानमा चट्याङ खस्दा ४८ जनाले ज्यान गुमाएका छन्, १५४ जना घाइते भएका छन् ।

साढे पाँच महिनामा प्राकृतिक विपद्का घटनामा १ अर्ब २ करोड ५० लाखको क्षति आँकलन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८