सोसल मिडिया
Contact Us
युनिकोड
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटका सडकमा जेब्राक्रस निर्माण सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरले विद्यार्थीको सहयोगमा बजारभित्रको सडकका विभिन्न ठाउँमा जेब्राक्रस बनाउन थालेको हो । पहिलो चरणमा गाईघाट(लहान खण्ड, उत्तरतर्फ पिपलचोक र पूर्वपश्चिम खण्डमा जेब्राक्रस बनाइएको छ ।
बजारदेखि त्रियुगा बसपार्कसम्म जाने सडकका दुबै लेनमा व्यस्त बजार भएकाले जेब्राक्रस बनाउन थालिएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा प्राथमिक आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्मको बजार क्षेत्रमा पनि जेब्राक्रस बनाइने ट्राफिक प्रमुख नायव निरीक्षक ९सई० लिलाबहादुर श्रेष्ठले बताए ।
जेब्राक्रस बनाउन विराटनगरस्थित कोसी हेल्थ एण्ड साइन्स कलेजमा सार्वजनिक स्वास्थ्य विज्ञान विषयमा स्नातक तह ९बिपिएच०का इन्टर्न (प्राक्टिकल) अध्ययनरत विद्यार्थीले सहयोग गरेका हुन्