बाँच्ने मन छ, बचाउने कसले : मिर्गौला रोगी

शनिबार, असोज १६, २०७८

 खोटाङ : 

चार वर्षअघि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)का कृष्ण खत्री घर बनाउने तयारी गर्दै थिए । घर निर्माणकै लागि दिनभर काठ ओसारेर बेलुका सकुशल सुतेका खत्री बिहान उठ्दा बिरामी भएर व्यूझिए । 

२०७३ साल असार ५ गते अकस्मात् शरीर सुन्निने, वाकवाकी लाग्नेलगायतका समस्या देखिएपछि परिवारले उनलाई केही दिनमै अस्पताल पुर्‍याए । कान्छो छोरा सुदिप खत्री नेपाली सेनामा कार्यरत भएका कारण उनलाई काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगियो । छाउनीमा दुवै मिर्गौला फेल भएको पुष्टि भएपछि उनको सोही असार १३ गतेदेखि हालसम्म डायलासिस भइरहेको छ । 

हप्तामा दुईदेखि तीन पटक डायलासिस गराउँदै बसिरहेका खत्री बिरामी भए यता एक/एक दिनका लागि दुई पटक मात्र घर पुगेका छन् । गत वर्ष आफ्नै बाबु पदमबहादुरको मृत्यु हुँदासमेत उनी घर जान सकेनन् । कोठामै किरिया बसेर पशुपतिनाथ पुगेर चोखिएको खत्रीले बताए । 

डायलासिस र औषधिको भरमा बाँचिरहेका खत्रीको उपचारकाक्रममा लाखौं रकम सकिसकेको छ । घर बनाउने तयारी गर्दागर्दै बिरामी परेका खत्रीको घर त ठडिएन नै उपचारकाक्रममा भएको घडेरीसमेत बिक्री गरिसकेका छन् । हाल उनी छाउनी नजिकै डेरामा बसेर हप्ताको मंगलबार र शुक्रबार नियमित डायलासिस गराउँदै आएका छन् । 

उनले हप्तामा तीन पटक डायलासिस गराउँदै आएका छन् । डायलासिस सुरु गरे यता उनले पिसाब गरेका छैनन् । 

चार वर्षको अवधिमा कृष्णको मिर्गौला प्रत्यारोपण गर्ने प्रयास पनि भए । तर, दाता भेटिएनन् । भेटिएका दाताबाट पनि नाता प्रमाणित गर्नुपर्ने व्यवस्थाका कारण मिर्गौला प्रत्यारोपणमा कानुनी जटिलता भयो । श्रीमती कुमारी खत्री पनि मिर्गौला दिन तयार भइन् । तर, कुमारी आफै सुगर, प्रेसरको बिरामी भएकाले श्रीमानलाई मिर्गौला दान गर्न असमर्थ भइन् । मिर्गौलाकै उपचारकाक्रममा सरकारले डायलासिस सेवा निःशुल्क उपलब्ध गराएपछि थोरै भए पनि सहयोग पुगेको उनी बताउँछन् ।

डायलासिस बाहेक औषधिमा मात्र उनको मासिक २० देखि २५ हजार खर्च हुने गरेको छ । यद्यपि, सैनिक परिवारका भएका कारण उनलाई वार्षिक १ लाख १० हजार बराबरको औषधि निःशुल्क उपलब्ध हुने गरेको छ ।

हाल उनी मिर्गौला प्रत्यारोपणको प्रयासमा छन् । ‘हर्ट अट्याक भएपछि गत मंसिर २५ गते एनजियोग्राम गर्नु पर्‍यो । दुई पटक डाक्टरले नै माया मारेका थिए । तर, बाचेँ,’ खत्रीले भने, ‘त्यसपछि अलि बाँच्छुजस्तो लागेको छ । कोही भगवान् बनेर आइदियो भने पक्कै पनि बाँच्ने छु । तीनै भगवान् पर्खिरहेको छु ।’ उनका दुई छोरामध्ये जेठो छोरो घर सम्हालेर बसिरहेका छन् । 

गाईघाटमा बसेर व्यवसाय गरिरहेको अवस्थामा कृष्ण गाउँ फर्केर २०५४ सालको स्थानीय चुनावमा तत्कालीन एमालेकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए । उनले कांग्रेसबाट वडा सदस्यमा उठेका आफ्नै दाजु कर्णबहादुर खत्रीलाई पराजित गरेका थिए । गाउँ आएर चुनाव लड्नका लागि उक्साउने रामप्रसाद दंगाल, बलराम दाहाल, पृथी राईमध्ये दंगाल हाल नेकपा एमाले खोटाङ अध्यक्ष छन् ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज १६, २०७८