सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इथोपियामा गहिरिदो मानवीय सङ्कट र भोकमरी बारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । शुक्रबार इथोपियाले संयुक्त राष्ट्रसङ्घका सात जना अधिकारीलाई निष्काशन गर्दै द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानयीय सहयोग पुर्याउँन प्रतिबन्ध लगाएपछि महासचिव गुटेरेसले इथोपियालाई यस्तो निर्णय लिने अधिकार नभएको प्रष्ट पारेका हुन् । गुटेरेसले समयमै यहाँको मानवीय सङ्कट समाधान नभए स्थिति नियन्त्रण बाहिर जानसक्ने टिप्पणी गरेका छन् । सरकारले टिग्रेइ क्षेत्रमा खाद्यान्न, इन्धन र अन्य अत्यावश्यकीय वस्तुको आपूर्तिमा करिब (करिब बन्देज लगाएसँगै यस क्षेत्रमा मानवअधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिसमेतमा गम्भीर असर परिरहेको छ र बालबालिका भोकमरीको शिकार हुनसक्ने स्थिति नजिकिँदै छ । महासचिव गुटेरेसका अनुसार यस क्षेत्रका ५२ लाख जनता मानवीय सहायताको तीव्र पर्खाइमा छन् र चार लाख जनता प्रायःभोकमरीको अवस्थामा तड्पिएका छन् । अहिले यहाँका बालबालिकाको कुपोषणको अवस्था २०११ मा सोमालियाका बालबालिका जस्तै देखिएको छ । शुक्रबार इथोपियाले देशको आन्तरिक मामिलामा दखल पुर्याएको आरोप लगाउँदै संयुक्त राष्ट्रसङ्घका सात अधिकारीलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । इथोपियाको परराष्ट्र मन्त्रालयले ती अधिकारीले कूटनीतिक मर्यादा विपरीतकार्य गरेको र निष्पक्षता कायम राख्न नसकेको र द्वन्द्वरत पक्षलाई सहयोग गरेको समेत आरोप लगाएको छ । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई इथोपियाको पछिल्लो निर्णयले इथोपियामा जारी द्वन्द्व र मानवीय सङ्कट समाधान गर्न थप पेचिलो हुनसक्ने टिप्पणी गर्दै यस विषयमा जानकारी गराउँनु भएको छ । मानवअधिकारको रक्षा र बढ्दो मानवीय सङ्कटको समाधानका निम्ति सबै पक्षको सहभागितामा दिगो शान्ति स्थापना नै जारी समस्याको समाधान भएको तर सरकारको पछिल्लो निर्णयले यसमा आघात पुगेको महासचिव गुटेरेसको टिप्पणी छ । टिग्रेइमा जारी मानवीय सङ्कट र संयुक्त राष्ट्रसङ्घका सात सदस्यलाई निष्काशन गर्ने निर्णयका सन्दर्भम सुरक्षा परिषद्को आकस्मिक बैठक बसेर गम्भीर छलफल गरेपनि कुनै निर्णय भने लिइएको छैन । संयुक्त राष्ट्रसङ्घका उपप्रवक्ता फरहान हकले इथोपिया स्थित संयुक्त राष्ट्रसङ्घको मिसनलाई कूटनीतिक नोट पढाउँदै मिसन मार्फत त्यहाँका प्रधानमन्त्री अबिय अहमदलाई यस विषयमा संयुक्त राष्ट्रसङ्घको धारणा जानकारी गराएका छन् । उनले प्रधानमन्त्री अबी अहमदलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको फोनवार्ताबाट शुक्रवार संयुक्त राष्ट्रसङ्घको लामो समयदेखि कानूनी स्थिति रहेको र पर्सना नन ग्राटा संयुक्त राष्ट्रका कर्मचारीका हकमा लागू नहुने स्पष्ट पारेका छन् । उनले संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूलाई ‘पर्सना नन ग्राटा’ लागू गर्न खोज्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गतका दायित्व र यसका अधिकारीलाई दिइने विशेषाधिकार र उन्मुक्तिको विपरीत रहेको बताएका छन् । हकले भने (कसैलाई ‘पर्सना नन ग्राटा’ घोषित गर्ने सिद्धान्त एक राज्य र अर्काे राज्यको बीचमा मात्र लागू हुन्छ तर संयुक्त राष्ट्रसङ्घ राज्य होइन । यदि संयुक्त राष्ट्रसङ्घका कर्मचारी बारे कुनै विषय उठेमा यस बारे संस्थालाई विधिवत जानकारी गराउँनुपर्छ र यस विषयमा आवश्यक निर्णय लिने जिम्मेवारी महासचिवको हो । संयुक्त राष्ट्रसङ्घको कानूनी मामिलाको कार्यालयबाट इथियोपियाको सरकारलाई दिइएको कूटनीतिक नोट जुन सुरक्षा परिषद्लाई पनि पठाइएको छ, त्यसमा महासचिवले परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको जानकारीका आधारमा संयुक्त राष्ट्रसङ्घका अधिकारीको आचरणको बारेमा निर्णय गर्न नसक्ने बताइएको छ । यसरी संयुक्त राष्ट्रसङ्घका कर्मचारीलाई निष्काशनको आदेश दिने निर्णय अस्वाभाविक र तर्कसङगत नरहेको हकले स्पष्ट पारेका छन् । कानूनी कार्यालयले आफ्ना कर्मचारीलाई इथियोपिया छोड्न आवश्यक नरहेको भन्दै र संयुक्त राष्ट्रसँगले आफ्नो आधिकारिक निरन्तरा दिन र उनीहरूलाई सरकारको कानूनी दायित्वको अनुपालनमा भित्र रही संयुक्त राष्ट्रसङ्घ र यसका अधिकारीलाई प्रदान गरिने विशेषाधिकार र उन्मुक्ति सहितको प्रवेशाज्ञा प्रदान गर्न अनुरोध गरेको छ । महासचिव गुटेरेसले शुक्रबारको इथोपियाको संयुक्तराष्ट्र सङ्घका कर्मचारीलाई निष्काशन गर्ने निर्णयको घोषणाले आफू दुःखी रहेको बताउँदै आफ्ना कर्मचारी तटस्थ र निष्पक्ष रहेकोमा आफू पूर्णविश्वस्त रहेको बताएका छन् । शुक्रबारको घोषणाले इथोपियाको सरकारले भन्दै सहयोगी संस्थालाई त्यहाँका विद्रोहीलाई सरकारका विरुद्ध सहयोग गरेको आरोपलाई पुनःस्मरण गराएको छ यद्यपि यस विषयलाई संयुक्त राष्ट्रसङ्घलगायात अन्य सहायता प्रदान गर्ने निकायले इन्कार गर्दै आएका छन् । जारी द्वन्दवका कारण सृजित सामूहिक बलात्कार, सामूहिक निष्काशन र स्वास्थ्य केन्द्र माथिको आक्रमण र विध्वंसले यहाँ हजारौं मानिस मरेका छन् । यस्ता घटनाका प्रायःदोषी र साक्षी भने इथियोपियाली सैनिक र छिमेकी इरिट्रिया रहेका प्रतिवेदन सार्वजनिक भएका छन् । संयुक्त राष्ट्रसङ्घका मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ता एसोसिएटेड प्रेस (एपी)लाई दिएको अन्तरवार्ताअनुसार इथियोपियाको सङ्कट हाम्रो विवेकमा दाग हो किनकि संयुक्त राष्ट्रसङ्घले भनेको छ वास्तवमा सरकारको नाकाबन्दीलाई कारण भोकमरी सृजना भई हाजरौँ बालबालिका मर्दैछन् । प्रमुख मार्टिनका अनुसार आवश्यक मानवीय सहयोगको जम्मा १० प्रतिशत मात्र टिग्रेइ्लगायातका सङ्कटग्रस्त क्षेत्रमा पुग्ने गरेको छ । ग्रिफिथ्सले भन्नुभयो, यस्तो टिप्पणी सार्वजनिक हुनु एक दशकमा विश्वको सबैभन्दा ठूलो भोकमरीबाट सृजित सङ्कटको अहिलेसम्मको तीव्र आलोचनामध्येको एक हो । इथियोपियामा १९८० को दशकको यस्तै अनिकालको सम्झना छ जसले करिब १० लाख मानिसको ज्यान लिएको थियो र संसारलाई स्तब्ध पार्ने कारुणिक परिदृष्य छोडेको थियो जुन उनको दिमागमा अहिले पनि जीवन्त छ । हामी दृढताका साथ आशा गर्दछौं अहिले त्यस्तो भइरहेको छैन । एपीले प्रत्यक्ष साक्षी र यहाँको आन्तरिक कागजात उल्लेख गर्दै गत हप्ता पहिलो भोकमरीबाट भएको मृत्यु रिपोर्ट सार्वजनिक गरेको थियो जुन इथियोपियाको सरकारले जुन महिनामा नाकाबन्दी लगाएर खाद्यान्न अभाव भई सृजना भएको बताइएको छ । अन्तरराष्ट्रिय सङ्कट समूहका संयुक्त राष्ट्र निर्देशक रिचर्ड गोवानले एपीलाई भन्नुभएको छःसंयुक्त राष्ट्रसङ्घले सङ्कटको बेला इथियोपिया सरकारसँग राम्रो सम्बन्ध कायम राख्न धेरै मेहनत गरेको छ । केही अमेरिकी अधिकारीसहितका अन्य केही कूटनीतिज्ञलाई संयुक्त राष्ट्रसङ्घ इथोपिया बारे बढी चिन्तित भएको अनुभूति गरेका छन् । यहाँको नेतृत्व र अबी मार्टिन ग्रिफिथ्सको भर्खरको एपीसँगको अन्तरवार्तामा उनको सङ्कट बारेको विचारबाट चिढिएका छन् । शुक्रवार परराष्ट्र मन्त्रालयले जनाएअनुसार संयुक्त राष्ट्रसङ्घका कर्मचारीद्वारा अन्य गम्भीर उल्लङ्घनका विषयमा सुरक्षा सम्झौताको उल्लङ्घन, टर्गेइ सेनाका लागि सञ्चार उपकरणको स्थानान्तरण, गलत सूचनाको प्रसार र मानवीय सहायताको राजनीतिकरणलगायतका विषय छन् । इथियोपियाको सरकारले टिग्रेइमा रहेका सहायाता वितरण गर्ने ट्रक त्यहाँका विद्रोही सेनाद्वारा निर्देशित छन् । तर मानवीय सहायता प्रदायक कामदारले भने आफू त्रसित रहेको र त्यहाँ इन्धनको कमी रहेको बताएका छन् । यसैबीच संयुक्त राष्ट्रसङ्घले यस्ता घटनाबाट मानवीय सहयोग नरोकिने, इथोपिया सरकार संयुक्त राष्ट्रसङ्घ, यसका निकायसँग सहकार्य गर्न तयार हुने विश्वास लिएको छ, भनेको यस कार्यबाट इथोपियाको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र हितमा कुनै असर पर्नेछैन । गुटेरेसले टिप्पणी छ, संयुक्त राष्ट्रसङ्घ र यसका साझेदार सहायता प्रदान गर्न प्रतिबद्ध छन्, तर यो पर्याप्त मानवीय आपूर्ति विना सम्भव छैन त्यसका लागि कम्तीमा दैनिक १०० ट्रक टिग्रेइमा र अमहारा, अफार र अन्य क्षेत्रपनि अतिरिक्त आपूर्ति अनिवार्य छ । आपूर्ति सहज गर्नका लागि इन्धन र कामदारलाई तिर्नका लागि नगद आवस्यक छ । महासचिव गुटेरेसले जारी समस्या सामाधानका लागि युद्धविराम, राजनीतिक वार्ता अत्यावश्यक रहेको बताउँदै मानवीय सहयोगलाई राजनीतिकरण गर्ने प्रयास गर्दा संयुक्त राष्ट्रसङ्घको प्रयासको अवमूल्यन हुने, पीडित जनताले समयमै राहत र न्याय पाउन नसक्ने टिप्पणी गरेका छन् । गुटेरेसले अवस्था तत्काल सुधार नभए इथोपियाका जनताको जीवन र यस देश र क्षेत्रको स्थिरतामा थप सङ्कट आउँन सक्ने चेतावनी दिएका छन् ।–एपी