हावाहुरीले गोकुलेश्वरमा चार पसलको छानो उडायो

शनिबार, असोज १६, २०७८

बैतडी : 

वर्षासँगै आएको हावाहुरीले बैतडीको गोकुलेश्वर बजारका पसलहरूमा क्षति पुर्‍याएको छ । शनिबार दिउँसो वर्षासँगै आएको हावाहुरीले गोकुलेश्वर पुल चोक नजिक रहेका चारओटा पसलको छाना उडाएको हो ।

छाना उडाएपछि पसल भित्र रहेका सामानमा क्षति पुगेको स्थानीय व्यापारी सुरेश श्रेष्ठले बताए । 

हावाहुरीले हरिश जोशी, मञ्जु टेलर, रमेश नाथ र नवीन नाथको पसलको जस्तापाताले छाएको छानो उडाएको हो । 

दिउँसोको समयमा एक्कासि पानीसँगै आएको हावाहुरीले छानो उडाएपछि पानीले भिजेका सामग्रीहरूलाई त्रिपालले जोगाउने प्रयास गरेको व्यापारीहरूले बताएका छन् । हावाहुरीले छानो उडाएपछि व्यापारीहरूलाई सामग्री जोगाउन मुस्किल भएको गोकुलेश्वर प्रहरी चौकीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज १६, २०७८