सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारी सेवा सरल र सहजरूपमा दिन सरकारले ‘नागरिक एप्स’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एप्स सार्वजनिक भएको अवसरमा बोल्दै यो एप्सले सुशासन कायम गर्न योगदान पु¥याउने बताए । एप्स सार्वजनिक भएको अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जानकारी समेत दिए । यो एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘परीक्षणका रूपमा नागरिक एप्स प्रक्षेपण भएकामा खुशी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो । सरकार नागरिकलाई सबै सेवा सरल र सहजरूपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।’