सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वपर्यटनमन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग भएको छ । सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको हो । आचार्यले उपस्थित हुने निवेदन दिएका थिए । त्यसमा आचार्यको बयान सकिएसँगै थुनछेक आदेश भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा मुद्दा दायर गरेको थियो । ५५ जना प्रतिवादी बनाइएको यस मुद्दामा ४० जना हाजिर भइसकेका छन् । उनीहरू धरौटीमा रिहा भएका छन् । यस मुद्दामा आचार्यसहित पाँचजना पूर्वमन्त्री छन् । पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वपर्यटन मन्त्रीहरू रामकुमार श्रेष्ठ, दीपक अमात्य र पोष्टबहादुर बोगटीविरुद्ध मुद्दा दायर भएको थियो । बोगटीको मृत्यु भइसकेको छ ।