कल्भर्टबाट खस्दा एकको मृत्यु

शनिबार, असोज १६, २०७८

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका ७ लक्ष्मणघाट नजिकको कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा मोतीपुर घर भएका वर्ष ५५ को रुक्मांगत बेल्वासेका छोरा माधव बेल्वासे रहेका छन् । स्थानीयले कल्भर्टमूनि शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक बेल्वासेको शवको पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

मृतक बेल्वासे भारतीय सेनाका अवकाश प्राप्त कर्मचारी समेत हुन् । उनको २ छोरा र १ छोरी रहेका छन् । मृतकले अत्याधिक मादक पदार्थ सेवन गर्ने भएकोले सोही कारणले मृत्यु भएको हुन सक्ने स्थानीय बताउँछन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।   

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज १६, २०७८