ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमानको उडान

शनिबार, असोज १६, २०७८

काठमाडौं । ताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले उडान भरेको दाबी गरेको छ ।  चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा दुई पटक उडान भरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । ताइवानले यो घटनलाई हवाई क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण भनेको छ ।  ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १८जे(१६, चार सुखाइ(३० लडाकु विमान, परमाणु क्षमताका दुई वटा एच(६बम्बर्स र एउटा एन्टी(सबमरिन लडाकु विमान ताइवान सीमा क्षेत्रमा उडान भरेका हुन् । त्यसपछि थप १३ चिनियाँ लडाकु विमानले हवाई सीमामा प्रवेश गरेको ताइवानको दाबी छ । तर, यसबारे  चिनियाँ पक्षको औपचारिक धारणा आइसकेको छैन । ताइवान चीनले हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप पटकपटक लगाउँदै आएको छ । खासगरी ताइवान नियन्त्रित दक्षिण(पश्चिमी क्षेत्रको प्रतास द्वीप क्षेत्रमा चीनले हवाई उडान भर्ने गरेको आरोप लाग्दै आएको छ । एजेन्सी
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज १६, २०७८