अछाममा उच्च रक्तस्रावले गर्भवतीको मृत्यु

शनिबार, असोज १६, २०७८

अछाम ।  उच्च रक्तस्रावका कारण अछाममा एक गर्भवतीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका(१ रहफकी पूर्णकला विकको शुक्रबार मृत्यु भएको रहफ स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिइन् । नौ महिने गर्भवती विकलाई बिहीबार साँझ प्रशवपीडा भएपछि स्वास्थ्य चौकी लगिएको थियो । उनले बच्चा पनि जन्माउन सकिनन् ।

उच्च रक्तस्रावले उनको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार