कांग्रेस अधिवेशन : पौडेल खेमा उपस्थित नभए देउवा खेमाले उद्घा‌टन गर्ने

शुक्रबार, असोज १५, २०७८

मुगु ।  नेपाली कांग्रेसको मुगु जिल्लाको अधिवेशन तोकिएको मितिमा हुन सकेको छैन । कांग्रेसको केन्द्रीय तालिकाअनुसार  जिल्ला अधिवेशन १५ असोजमा गर्नुपर्ने हो तर मुगुमा आन्तरिक खिचातानीले अधिवेशन हुन नसकेको हो । शुक्रबार हिउँसो २ बजेका लागि तय गरिएको जिल्लाको नवौँ अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौड्याल खेमाका नेता, कार्यकर्ताहरूले उपस्थिति नजनाएपछि संस्थापन खेमाका नेता, कार्यकर्ताहरूले भोलि (शनिबार) बिहान ८ बजे उद्‌घाटन र बन्द सत्रमा उपस्थिति नजनाएपछि संस्थापन खेमाकै नेताले उद्घाटन गर्ने अडान राखेका छन् । संस्थापन खेमाका नेताहरूले तोकिएकै मितिमा अधिवेशन संचालन हुन नसकेकाले आज सदरमुकाम गमगढी बजारमा शान्तिपूर्ण ढंगले नाराबाजी गर्दै तोकिएकै मितिमा अधिवेशन गर्न माग राखेको छ ।

भोलि बिहान ८ बजे जिल्ला अधिवेशनका लागि उद्‌घाटन र बन्द सत्रमा पौड्याल खेमाका नेता, कार्यकर्ताहरू उपस्थित नभए सभापति शेरबहादुर देउवा खेमाका नेता, कार्यकर्ताहरूले सोही समयमै उद्‌घाटन र बन्द सत्र गर्ने पूर्वसभापति तथा हालका जिल्ला सभापतिका उम्मेदवार ऐनबहादुर शाहीले बताए । 

बैतडीका अधिकांश स्थानीय तहमा युवा नेतृत्व

बैतडीमा ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको पालिका अधिवेशनले अधिकांश स्थानीय तहमा युवा नेतृत्व चयन गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् । दशरथचन्द नगरपालिका( १ का वडा अध्यक्षसमेत रहेका भट्टले युवाहरूलाई नेपाली कांग्रेसमा आवद्ध गराउन आफू क्रियाशील रहने बताए । 

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको र यसमा युवाको आकर्षण बढाउन आफ्नो भूमिका रहने उनले बताए । अखण्ड सुदूरपश्चिमको आन्दोलनबाट चर्चा आएका जयानन्द जोशी ९जयराज० पनि नेपाली कांग्रेस डिलाशैनीको सभापति चयन भएका छन् । पार्टीलाई बलियो बनाउन आफूले भरपूर प्रयास गर्ने उनले बताए । राजनीतिमा युवाहरूको चरम निराशा रहेको र त्यो निराशा चिर्नका लागि आफूले पहल गर्ने उनले बताए ।  यस्तै,  जिल्लाको पाटन नगरपालिकाको सभापतिमा युवा मानबहादुर ऐर विजयी भएका छन् । विभिन्न संघसंस्थाहरूमा लामो समयसम्म काम गरेका ऐरले पार्टीलाई जीवन्त बनाउन आफूले पहल गर्ने बताए । जिल्लाको पुर्चौंडी नगरपालिकाको सभापतिमा पनि युवा नेता गणेश गडाल चयन भएका छन् । पुर्चौंडी नगरपालिका( १ का वडा अध्यक्षसमेत रहेका गडालले पनि आफूले पार्टीलाई बलियो बनाउने दाबी गरे । जिल्लाको शिवनाथ गाउँपालिका सभापति युवा नेता हीरा चन्द चयन भएका छन् । 

जिल्लाका अधिकांश ठाउँमा युवा नेतृत्व आएकाले यसले कांग्रेसलाई फाइदा हुने शिवनाथ गाउँपालिकाका अध्यक्षसमेत रहेका कांग्रेस बैतडीका युवा नेता कर्णसिंह साउँदले बताए । पालिका अधिवेशनबाट आएको नेतृत्वले कांग्रेसमा युवाहरूको आकर्षण बढेको देखाएको उनले दाबी गरे । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार