बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन, उपभोक्तालाई सचेत बन्न आग्रह

शुक्रबार, असोज १५, २०७८

बैतडी । बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा अन्य सरोकारवाला निकायको सहभागीतामा अनुगमन सुरु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।  अनुगमनको पहिलो दिन शुक्रबार खोड्पे बजारका ३३ पसलबाट २५ हजार चार सय बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको उनले बताए । 

जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले किराना पसल, मदिरा पसल र होटलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा ६ हजार ६ सय बराबरको पेन्टस, १४ हजार पाँच सय ३० बराबरको पेय पदार्थ, तीन हजार बराबरको चकलेट, सात सय ७५ बराबरको बिस्कुट र चार सय ३५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेका हो । 

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरेको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।

उपभोक्ता आफै सचेत नभएका कारण बजारमा म्याद नाघेका सामग्री बिक्री हुने गरेका सूचना अधिकारी भारतीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १५, २०७८