नर्भिकमा शनिबार निःशुल्क ओपीडी सेवा

शुक्रबार, असोज १५, २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत शनिबार (भोलि) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् । यो दिन बिरामीहरूले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा पाउने भएका हुन् ।  नर्भिकका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिनेछन् । प्रा।डा। चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा। जोशीले १२ बजेदेखि २ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ ।  पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिकलगायत पेटसँग सम्बन्धित् समस्या भएकाले प्रा.डा. चौधरी र हाडजोर्नीसँग सम्बन्धित समस्या भएकाले डा।जोशीको निःशुल्क ओपीडी सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ ।  नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।  निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मासमेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १५, २०७८