सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै

शुक्रबार, असोज १५, २०७८

सुदूरपश्चिम । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार जारी गरेको सूचनामा यात्रुको आवागमनलाई व्यवस्थित र सहजीकरण गर्न नेपाल प्रवेशका लागि तोकिएका त्रिनगर सीमानाका र खक्रौला सीमानाकामा सम्बन्धित स्थानीय तह तथा स्वास्थ्य कार्यालयले हेल्थ डेस्क सञ्चालनमा ल्याई नेपाल प्रवेश सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकका हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमूना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने र प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आएमात्र प्रवेश दिइनेसमेत सूचनामा जनाइएको छ ।
बडादशैँजस्ता चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सुदूरपश्चिमका भारतसँग जोडिएका सीमानाकाबाट भित्रिने नेपाली बढ्न थालेका छन् । यससँगै कोरोना भाइरसको सङ्क्रमण बढ्नसक्ने जोखिम पनि देखिएको छ । पछिल्ला दिनमा नागरिकले मास्क प्रयोग गर्नमा समेत बेवास्ता गर्दा यो रोगको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेशमा गएको वैशाख र जेठ महिनामा उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर असार महिनादेखि घट्दै गएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १५, २०७८