सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क । युट्युबले खोपविरोधी सामग्री हटाउन थालेको छ । युट्युबले ‘हाइ प्रोफाइल’ प्रयोगकर्ताका विवादास्पद सामग्री हटाउन थालेको हो । युट्युबले कोभिड–१९ को उपचारसँग सम्बन्धित विवादास्पद सामग्रीलाई यसअघि नै हटाइसकेको छ । महामारीको समयमा स्वास्थ्य उपचारमा षडयन्त्र फैलाइएको भन्दै युट्युबले गम्भीर चासो देखाउँदै आएको छ । ‘कोभिड खोपबारे फैलाइएका अफावा र गलत सूचनालाई हामीले साईटबाट हटाएका छौं,’ युट्युबले विज्ञप्तिमा भनेको छ । अहिलेसम्म युट्युबले जोसेफ मर्कोला, शेरी टेनेपेनी, रोर्बट एफ केनेडी जुनियरका युट्युब च्यानल बन्द गरेको छ । अमेरिकी चिकित्सक टेनेपेनीले खोपविरोधी गतिविधिलाई बृहत् रूपमा प्रचार गर्नुका साथै मास्क नलगाउन र कोभिड परीक्षण नगर्न दुरुत्साहन गर्दै आएकी थिइन् । खोपले अटिजम निम्त्याउन सक्ने उनको दाबी छ ।–एजेन्सी