एनआरएनए अध्यक्षमा उम्मेद्‍वारी घोषणा गर्दै डा बद्री केसी, यस्तो छ टिम

शुक्रबार, असोज १५, २०७८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेद्‍वारी घोषणा गर्ने भएका छन् । अक्टोबररमा हुने संघको १०औँ महाधिवेशन तथा विश्वसम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।  डा केसीले आफ्नो टिमसहित उम्मेद्‍वारी घोषणा गर्न लागेका हुन् ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा’अभियान भन्ने नारासहित टिम निर्माण गरेका केसीले आगामी मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्न लागेका हुन । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने उनले जनाए ।

केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा हेमराज शर्मा (युके),  महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान),  धर्मराज अधिकारी (अष्ट्रेलिया)  यसमिन बेगम सैयद (साउदी अरब) लाई अघि सारेका छन् ।

युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) र महासचिवमा गौरी राज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा) महिला सचिव टीका गुरूङ (हङकङ), कोषाध्यक्षमा लोकप्रसाद दाहाल,  (बेल्जियम), महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) केसीको पक्षमा उभिएका छन् ।  त्यस्तै, महिला संयोजक संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याल केसीको टिमबाट उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार